नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको शुभकामना
Prime TV News ३ हप्ता अगाडि काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना सन्देश दिँदै उत्साह प्रदान गरेकी छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले विश्वभर छरिएका नेपाली समर्थकको साथ र विगतमा हासिल गरेका सफलताले टोलीलाई थप ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै खेलअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना व्यक्त गरेकी छन्।
उनले आफ्नो सन्देशमा आज वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय धुन गुन्जिने र त्यसले विश्वको ध्यान आकृष्ट गर्ने उल्लेख गर्दै टोलीलाई ‘विजयी भवः’ को शुभेच्छा दिएकी छन्। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले विश्वकै बलियो टोलीमध्ये एक इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।













