नेप्से परिसूचकमा हल्का गिरावट, हाइड्रोपावर कम्पनीको मूल्यमा उछाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परिसूचकमा हल्का गिरावट देखिएको छ।
आज नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा बन्द भएको छ। कारोबार रकम भने सामान्यभन्दा बढी रहेछ। गत शुक्रबार ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँको कारोबार भएकोमा आज ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा केही हाइड्रोपावर कम्पनीहरूको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। सुपर मादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने, रिदी पावर कम्पनी, खानीखोला हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको मूल्य क्रमशः ९.९८, ९.९७ र ५.३९ प्रतिशतले बढेको छ।













