दुर्गा प्रसाई हाजिर जमानीमा रिहा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दुर्गा प्रसाई हाजिर जमानीमा रिहा

काठमाडौ । मेडिकल व्यवसायी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले शुक्रबार चाल्नाखेलबाट पक्राउ गरी अदालतमा प्रस्तुत गरेको थियो।

अदालतले उनलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ। साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए कि प्रसाई दुई दिन हिरासतमा बसेर छुटेका हुन्। साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएको मुद्दामा प्रसाईंमाथि विद्युतिय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ।

पक्राउ हुनु अघि प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ। सुरक्षा निकायले भनेको छ कि फागुन २१ मा हुन लागेको निर्वाचनमा प्रभाव पार्ने योजना भएको आशंकाका कारण उनलाई पक्राउ गरिएको हो।

एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्व मेयर बालेन शाह प्रतिस्पर्धा गर्दै छन्।