रास्वपा केन्द्रीय समिति बैठकः आगामी योजनामा छलफल

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपा केन्द्रीय समिति बैठकः आगामी योजनामा छलफल

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आगामी बिहीबार बिहान ८ बजे रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने गरि बैठक बोलाएका हुन् । 

बैठकमा प्रमुख एजेन्डा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण, र केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्नु हुने बताइएको छ । यसका अतिरिक्त, पार्टी संगठन र विभागसँग सम्बन्धित विषयमा पनि छलफल कार्यवाहक अध्यक्ष अर्यालले जानकारी दिए । 

यस्तै बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीति र पार्टीको महाधिवेशनका बारेमा समेत विस्तृत छलफल हुने पनि बताइएको छ ।