कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ घाइते
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । कास्की–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन्।
निर्वाचन प्रचारअन्तर्गत घरदैलो अभियानमा सहभागी हुँदै गर्दा पोखरा महानगरपालिका–११ फूलबारीमा सिँढीबाट लडेर उनी घाइते भएका हुन्। दुर्घटनामा बास्तोलाको हात र खुट्टामा चोट लागेको छ।
घटनापछि उनलाई तत्काल पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार बास्तोलाको देब्रे हातको नाडी भाँचिएको पुष्टि भएको छ र शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत छन्।












