डा. संगीता मिश्राको स्वास्थ्य मन्त्रीको सिफारिस ‘होल्ड’, भ्रष्टाचार आरोपका कारण विवाद

User Image Prime TV News ११ महिना अगाडि
Image of डा. संगीता मिश्राको स्वास्थ्य मन्त्रीको सिफारिस ‘होल्ड’, भ्रष्टाचार आरोपका कारण विवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका लागि डा. संगीता मिश्राको नाम सिफारिस गरेपछि सरकारको मन्त्री चयन प्रक्रियामा हलचल मचाएको छ।

उनीविरुद्ध भ्रष्टाचारका आरोप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन चलिरहेको जानकारी पाएपछि, प्रधानमन्त्री कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन्। शनिबार, प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयका लागि डा. संगीता मिश्राको नाम राष्ट्रपति समक्ष सिफारिस गर्दै अन्य मन्त्रीहरूका नाम पनि सार्वजनिक गरेकी थिइन्। 

प्रधानमन्त्री कार्कीले सिफारिस गरेका अन्य मन्त्रीका नामहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीको रूपमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीको रूपमा डा. मदन परियार, र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको रूपमा जगदीश खरेल रहेका छन् । 

सिफारिस मन्त्रीहरुको आजै सपथ हुने बताइएको छ ।