राष्ट्रियसभाको बैठक आज बस्दै, पर्यटन र सामाजिक सञ्जाल विधेयकमाथि छलफल हुने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकको सम्भावित कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनेछन्।
यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछिन्। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् र सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने तयारीमा छन्।
त्यसैगरी, राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पेस हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा उठ्ने विषयवस्तु र छलफलले आगामी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।












