स्कटल्यान्डले इटालीविरुद्ध २०६ रनको चुनौतीपूर्ण लक्ष्य
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्कटल्यान्डले इटालीविरुद्ध २०७ रनको लक्ष्य प्रस्तुत कोलकाता आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सोमबार स्कटल्यान्डले इटालीविरुद्ध २० ओभरमा ७ विकेट गुमाएर २०६ रनको चुनौतीपूर्ण लक्ष्य तयार पारेको छ।
ओपनर जर्ज मुन्सीले ५४ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ८४ रन बनाए। अविजीत रहेक ब्रान्डन म्याकमुलेनले १८ बलमा ४१ रन जोड्दा, माइकल जोन्सले ३७ रन बनाए। कप्तान रिची बेरिङटनले १५ र अविजीत माइकल लिस्कले २२ रन थपे। इटालीका अलि हसन, थोमस ड्राका, ग्रान्ट स्टेवर्ट र जेजे स्मत्सले समान १–१ विकेट लिए।
यो लक्ष्य यस संस्करणको हालसम्मको सबैभन्दा ठूलो लक्ष्य हो। स्कटल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार व्यहारेको थियो। समूह ‘सी’ मा स्कटल्यान्ड, इटालीसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज र नेपाल रहेका छन्।













