आज नेप्से परिसूचक २६ अंकले घट्यो, अधिकांश कम्पनीको सेयर मूल्य घट्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साताको दोस्रो कारोबारी दिन आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको छ।
यस क्रममा सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले घटेर ४५५.६५ विन्दुमा झरेको छ। आज सेयर बजारमा २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य बढेको र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। कुल १३ उपसूचकमध्ये १२ उपसूचक घटेका छन् भने केवल १ उपसूचकले वृद्धि देखाएको छ।
बजारमा कारोबार रकम पनि घटबढको संकेत देखिएको छ। आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १ लाख २ हजार २८१ पटक खरिद-बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको कारोबार रकम ११ अर्बभन्दा बढी रहेको थियो ।













