उदयपुरमा हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पुरा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुन १ गतेदेखि उदयपुरमा सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले आगामी फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थीत थरुहट रंगशालामा आयोजना हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टीम, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एफसी रियाले, एपीएफ फुटबल क्लव, आरएस रिर्सोट एण्ड विच भलिबल टिम , चर्च व्वाईज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरि १० टीमको सहभागीता रहने एन्फाले जनाएको छ ।
प्रतियोगिताको बिजेतालाई रु ७ लाख ५० हजार, उपबिजेतालाई रु ५ लाख रुपैया प्रदान गरिने छ भने फेयर प्ले टीमलाई रु ५० हजार, उत्कृष्ट खेलाडी, गोलकिपर र उच्च गोलकर्तालाई रु ५० हजार प्रदान गरिने प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । प्रतियोगिताको अनुमानति बजेट रु १ करोड २० लाख ६२ हजार रुपैया रहेको एन्फाले जनाएको छ ।













