रामेछापमा यात्रुवाहक बस तामाकोसी नदीमा खस्यो, ६ जनाको उद्धार

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रामेछापमा यात्रुवाहक बस तामाकोसी नदीमा खस्यो, ६ जनाको उद्धार

काठमाडौ । काठमाडौबाट रामेछापतर्फ गइरहेको एक यात्रुवाहक बस मंगलबार बिहान दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खुर्कोटबाट करिब तीन किलोमिटर पर पर्ने मिलौती पहरामा बस अनियन्त्रित भई तामाकोसी नदीमा खसेको हो। दुर्घटनापछि तत्काल उद्धारकार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

हालसम्म ६ जनालाई सुरक्षित उद्धार गरी उपचारका लागि नजिकको अस्पताल पठाइएको छ। साथै, गम्भीर घाइते भएका अन्य चार जनालाई पनि अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमलसिनाले जानकारी दिए।

बसमा कति यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।