नेकपाले आज सार्वजनिक गर्दै चुनावी प्रतिबद्धतापत्र
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको छ।
पार्टी सचिवालयका अनुसार, मंगलबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्नेछन्। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहेका मुख्य राजनीतिक दलहरूले अहिलेसम्म आफ्नो घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।












