नेकपाको पक्षमा अझैपनि सोचेजस्तो माहोल बन्न सकेनः प्रचण्ड
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गएपनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहोल बन्न नसकेको बताएका छन् ।
नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा विस्तारै आशा र भरोसा बढ्दै गएपनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरुजस्तो माहोल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताए ।
वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने बताए । राष्ट्रिय स्वाधिनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक बिकास र समृद्धिका लागि नेकपालाई बिजयी गराउनेपर्नेमा प्रचण्डले जोड दिए ।
सिद्धान्त र राजनीतिक मुद्दाहरुका आधारमा नभइ नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गर्दै प्रचण्डले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको उल्लेख गरे । साथै उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन समेत कार्यकर्तालाई निर्देशन दिए ।












