शेयर बजार साताको तेस्रो दिन पनि घट्यो, नेप्से २,६६२ विन्दुमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of शेयर बजार साताको तेस्रो दिन पनि घट्यो, नेप्से २,६६२ विन्दुमा

काठमाडौ । साताको तेस्रो दिन नेपाली शेयर बजारमा निरन्तर गिरावट देखिएको छ।

नेप्से परिसूचक आज १०.२५ अंकले घटेर २,६६२.१४ विन्दुमा आइपुगेको छ। लगातार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् र पूँजी बाहिर निकालेर शेयर बेच्न थालेका छन्। आजको कारोबारमा कुल २ करोड १७ लाख कित्ता शेयर किनबेच भएको छ र कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

कुल १३ समूहको सूचकमा म्यूचुअल फण्ड र ट्रेडिङ समूहको सूचक मात्र बढेको देखिएको छ भने बाँकी ११ समूहको सूचक घटेको छ। विशेषगरी जलविद्युत कम्पनीका शेयर मूल्यमा ठूलो गिरावट देखिएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, माई खोला हाइड्रो पावर, घलेम्दी हाइड्रो पावर, सुपरमादी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनीका शेयर मूल्य ३.७४–५.२४ प्रतिशत ले घटेका छन्।

यद्यपि, कालिञ्चोक दर्शन, अरुणभ्याली हाइड्रो पावर, आरबीबी फोकस ४०, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका शेयर मूल्य ३.९९–६.३६ प्रतिशत ले बढेका छन्। उच्च कारोबार भएका कम्पनीहरूमध्ये अरुण भ्याली हाइड्रो पावर, आँखुखोला जलविद्युत कम्पनी, रिडी पावर कम्पनी, युनियन हाइड्रो पावर कम्पनीका शेयर ३२.६० करोड ४५.२८ करोड रुपैयाँ बराबरमा कारोबार भएका छन्।