चितवनको मुग्लिन नारायणगढ सडक आज २ घन्टा बन्द

User Image Prime TV News १ हप्ता अगाडि
Image of चितवनको मुग्लिन नारायणगढ सडक आज २ घन्टा बन्द

काठमाडौ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने भएको छ। तुइनखोलामा खसेको पहिरो हटाउनका लागि यो निर्णय गरिएको हो। सडक बन्द हुने समय दिउँसो १ बजेदेखि ३ बजेसम्म रहने जनाइएको छ । 

यस अघि, खसेको पहिरो ४५ घन्टापछि हटाएर आइतबार अपराह्नदेखि सडक एकतर्फी रूपमा खुला गरिएको थियो। अब, थप पहिरो हटाउने काम गर्न सडक दुईतर्फी खुला गर्ने तयारी गरिएको छ। यसका लागि आज थप २ घन्टाको समय दिइएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, उक्त समयावधिमा सवारी साधनलाई रोक्नु पर्ने भएकाले यात्रुहरुमा असुविधा हुनेभएकाले सम्बन्धित निकायले आवश्यक तयारी गर्न आग्रह गरेको