एमालेले नयाँ पार्टी कार्यालय खोज्दै


काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यालयमा भदौ २३ र २४ का दिन भएको आन्दोलनका क्रममा आगजनी र तोडफोडको घटनाले पार्टीको कामकाजी गतिविधिहरूमा ठूलो असर पुर्याएको छ।
पार्टीका सचिव डा भिष्म अधिकारीका अनुसार, कार्यालय भत्किएपछि बैठक सञ्चालन गर्न र अन्य पार्टी गतिविधिहरू चलाउन असम्भव बनेको छ । पार्टीका गतिविधि ठप्प जस्तै बनेपछि नयाँ भवनको खोजी सुरु गरिएको छ।
आन्दोलनकारीहरूले केवल केन्द्रीय कार्यालयमा मात्रै होइन, प्रदेश र जिल्ला कार्यालयहरूमा पनि आगजनी र तोडफोड गरेका थिए। यसबीच, पार्टीका नेताहरू काठमाडौँ र ललितपुरमा नयाँ कार्यालय भवनका लागि केही स्थानहरूको परीक्षण गरिरहे पनि हालसम्म अन्तिम निर्णय भएको छैन।