आयोगको म्याद थपप्रति प्रभु साहको प्रश्न, प्रतिवेदन सार्वजनिक गर्न माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आयोगको म्याद थपप्रति प्रभु साहको प्रश्न, प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको भौतिक र मानवीय क्षतिको छानबिन गर्ने जाँचबुझ आयोगको म्याद बारम्बार थपिनुमा प्रश्न उठाएका छन्।

बुधबार छपकैयामा आयोजित चुनावी कार्यक्रममा उनले भने, “सरकारको आयु सकिन लाग्दा आयोगको म्याद किन लम्बिएको?” उनले आयोगले प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको थियो। आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो।

सुरुमा आयोगलाई तीन महिनाको म्याद दिइएको थियो, तर काम नसक्दा म्याद धेरै पटक थपिएको छ। पछिल्लो म्याद माघ २६ मा २५ दिन थपिएपछि आयोगले फागुन २४ भित्र प्रतिवेदन सरकारलाई बुझाउनुपर्नेछ।