नेप्से परिसूचकमा हल्का गिरावट, समग्र बजार स्थिर
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आज नेप्से परिसूचक २,६६२.०९ मा बन्द भएको छ। परिसूचक ०.०४ अंकले घटेको भए पनि समग्र बजार स्थिर देखिएको छ।
आज ३२९ कम्पनीको कुल २२ लाख २८ हजार २५० कित्ता सेयर, ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रु ८ अर्ब ६९ करोड २२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। समूहगत रुपमा केही कम्पनीको शेयर मूल्य बढेको छ। बैंकिङ १०%, विकास बैंक 0.१८%, जलविद्युत् 0.४७%, लगानी 0.0७% र निर्जीवन बिमा 0.0८ % ले बढोत्तरी देखाएको छ। तर वित्त, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन/प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको शेयर मूल्य घटेको छ।
कुल ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने १३ कम्पनीको शेयर मूल्य यथावत छ। आजको सबैभन्दा आकर्षक सेयर रिदी पावर कम्पनी लिमिटेडको रहेछ, जसको मूल्य ९.६७% ले बढेको छ। यस कम्पनीको २० लाख ३० हजार ९४४ कित्ता सेयर, रु ६५ करोड ४७ लाख ६६ हजार ५७२ बराबरमा कारोबार भएको छ। सबैभन्दा धेरै घटेको सेयर सुपर माई हाइड्रोपावर लिमिटेडको रहेको छ, जसको मूल्य ८.३९% ले घटेको छ।
विशेषज्ञहरूका अनुसार, आजको बजार थोरै स्थिर भए पनि केही समूहमा सकारात्मक संकेत देखिएको छ। जलविद्युत् र बैंकिङ समूहले हल्का बढोत्तरी देखाएका छन् भने होटल/पर्यटन र उत्पादन समूहमा अझै दबाब छ।













