वीरगञ्ज नाकामा दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरको वस्तु र सामान आयात


काठमाडौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु र सामान नेपालमा भित्रिएका छन्। यो गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा २० प्रतिशत बढी हो। गत आवको दुई महिनामा १ खर्ब २२ अर्ब ३२ करोड मूल्यको सामान आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार आयात मात्र होइन, यस वर्ष निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको छ। आयात र निर्यात दुवैमा वृद्धि भएकाले यसले राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ।
निर्यातमा १० अर्ब ९८ करोडको वृद्धि
गत आर्थिक बर्षको पहिलो दुई महिनामा ६ अर्ब ५ करोड मूल्यको सामान विदेशमा निर्यात भएको थियो भने चालु आवको पहिलो दुई महिनामा यो नाका हुँदै १७ अर्ब ३ करोड रूपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ। यो निर्यातमा १० अर्ब ९८ करोडको वृद्धि देखिएको छ।
यो बृद्धि नेपालको व्यापार र भन्सार प्रणालीको सुधार र वृद्धि हुँदै गरेको संकेत गर्नुका साथै अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।