रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको छः अर्थमन्त्री खनाल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको छः अर्थमन्त्री खनाल

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको बताएका छन् । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले तत्कालिन विशेष परिस्थीतिमा कम प्राथमिकतामा परेका र केहि खुद्रे टुक्रे आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकतामा अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरु शुरु हुने क्रममा रहेको बताए । 

आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरूको दायित्व सृजना भएर भुक्तानी गर्न नसकिएको उनले बताए ।

उनले आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय अनुसार तयारी नभएका , खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरुको रकम स्थगनमात्रै गरिएको जानकारी दिए ।

तर अहिले डिजाइन सकेर टेन्टरमा जाने क्रममा रहेका वा गइसकेका, उपभोक्ता समितिसंग सम्झौता भएर काम प्रारम्भ हुने क्रममा रहेका लगाएतका केहि महत्वपूर्ण आयोजनाहरुको रकम फुकुवा गरिएको उनको भनाई छ ।