सिन्धुली–२ मा टिकट विवाद: राजन दाहालले भने, “मैले पार्टी निर्णय कार्यान्वयन गरे”

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सिन्धुली–२ मा टिकट विवाद: राजन दाहालले भने, “मैले पार्टी निर्णय कार्यान्वयन गरे”

काठमाडौ । सिन्धुली–२ का नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार राजन दाहालले टिकट विवादमा आफूले पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेको बताएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले हरिबोल गजुरेलसँग टिकट टुङ्गिएको दिनसम्म चार घण्टा छलफल गरेको र गजुरेललाई आफूले भनेको स्पष्ट पारेको बताए, “तपाईं टिकट लिएर जानुहोस्, म अर्को विकल्पमा जाउँला।”

दाहालका अनुसार, गजुरेलले अध्यक्षसँग लिखित सहमति आवश्यक भएको बताएका थिए, तर उनले त्यसलाई आवश्यक नभएको ठानेका छन्। उनले पार्टीले महेश्वर दाहाललाई टिकट दिएको भए पनि आफू स्वीकार्ने तयारीमा रहेको पनि बताए।

राजन दाहालले प्रश्न उठाएका छन् कि पार्टी निर्णय अनुसार जिम्मेवारी बहन गर्नु अपराध हो कि?, र पार्टी निर्णय कार्यान्वयन गर्ने क्रममा कुनै विधि उल्लंघन नभएको स्पष्ट पारेका छन्। यता, पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दर्ता गराएपछि हरिबोल गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निष्कासन गरिएको छ।