नाम्चेबाट निर्वाचन तयारीको अनुगमन गर्दै प्रधानमन्त्री कार्की, स्थानीयसँग अन्तरक्रिया

User Image Prime TV News २ हप्ता अगाडि
Image of नाम्चेबाट निर्वाचन तयारीको अनुगमन गर्दै प्रधानमन्त्री कार्की, स्थानीयसँग अन्तरक्रिया

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की आज बिहानै हिमाली जिल्ला सोलुखुम्बुको भ्रमणमा निस्केकी छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे वस्तुस्थिति बुझ्न उनी हेलिकप्टरमार्फत नाम्चे पुगेकी हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार कार्कीले नाम्चे र सदरमुकाम सल्लेरीमा स्थानीय अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

“निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र व्यवस्थापन पक्षको प्रत्यक्ष जानकारी लिन प्रधानमन्त्रीज्यू हिमाली जिल्लामा आउनुभएको हो,” सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले दुर्गम क्षेत्रमा मतदान सामग्री ढुवानी, जनशक्ति परिचालन तथा मतदाताको पहुँच सुनिश्चित गर्ने विषयमा पनि चासो राख्ने जनाइएको छ।

हिमाली भेगमा मौसम र भौगोलिक जटिलताका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले सरकारले विशेष तयारी गरिरहेको बताइएको छ। प्रधानमन्त्रीको भ्रमण आज र भोलिसम्म जारी रहनेछ। भ्रमणलाई निर्वाचनको तयारी प्रभावकारी बनाउन र स्थानीय तहसँग समन्वय सुदृढ गर्ने उद्देश्यले महत्त्वपूर्ण रूपमा हेरिएको छ।