आरटीजीएस प्रणाली सञ्चालनमा रहने


काठमाडौ । घटस्थापनाको दिन सार्वजनिक बिदा भए तापनि नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीलाई सञ्चालनमा राख्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
यो प्रणाली ठूलो मूल्यका भुक्तानी र अत्यावश्यक भुक्तानीहरूको लेनदेनका लागि प्रयोग गरिन्छ।
आरटीजीएस प्रणालीको प्रमुख उद्देश्य भनेको उच्च मूल्यका भुक्तानीहरूलाई तुरुन्त र सुरक्षित तरिकामा सम्पन्न गर्नु हो। यस प्रणालीबाट प्रमुख बैंकिङ कारोबार र व्यावसायिक लेनदेन सहज र द्रुत रूपमा सम्पन्न गर्न सकिन्छ।
राष्ट्र बैंकको यस निर्णयले व्यवसायिक क्षेत्रका कामकाजी मानिसहरूलाई छुट्टीको दिन पनि आफ्नो भुक्तानी प्रक्रिया अवरुद्ध नगरी अघि बढाउन मद्दत पुर्याउनेछ।