निर्वाचनअघि नवीन राष्ट्रिय सहमति आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन
Prime TV News २ हप्ता अगाडि 
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई संसद्मा निर्णयक शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
जेसिजले आयोजना गरेको ककस कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले भोगिरहेका समस्याहरूको समाधानका लागि नवीन सोच आवश्यक भएको बताए । उनले नयाँ र पुरानाको बहस भइरहे पनि त्यसको मूल्याङ्कन उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभइ विचारको गुणस्तर अनुसार हुनुपर्ने धारणा राखे ।
साथै, दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको उनको तर्क छ। आफ्नो पार्टीले यस दिशामा आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनलाई निर्णायक बनाउने लक्ष्य रहेको पनि अध्यक्ष लिङ्देनको भनाई छ ।













