बेलायतले दियो प्यालेस्टाइनलाई औपचारिक रूपमा राष्ट्रको मान्यता

User Image Prime TV News १ हप्ता अगाडि
Image of बेलायतले दियो प्यालेस्टाइनलाई औपचारिक रूपमा राष्ट्रको मान्यता

काठमाडौ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले प्यालेस्टाइनलाई औपचारिक रूपमा राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन्। स्टार्मरले यसलाई शान्ति र दुई राज्य समाधानको सम्भावना बचाउनका लागि गरिएको कदम बताए। 

यो कदम बेलायतको परराष्ट्र नीतिमा महत्त्वपूर्ण परिवर्तन हो। यस निर्णयको आलोचना इजरायली सरकार, गाजामा बन्धक बनाइएका परिवार र केही कन्जरभेटिव नेताहरूले गरेका छन्। इजरायली प्रधानमन्त्री नेतन्याहुले यसलाई आतङ्कवादलाई प्रोत्साहन दिने कदम भनेका छन्।

प्यालेस्टाइनका अध्यक्ष महमुद अब्बासले यस निर्णयको स्वागत गरेका छन् । दुई राज्य समाधानको अनुसार, वेस्ट बैंक, गाजा पट्टी र पूर्वी जेरुसलेमलाई राजधानी बनाएर प्यालेस्टाइन राष्ट्रको स्थापना हुनेछ ।