आईसीसी टी–२० विश्वकपमा शुक्रबार तीन खेल हुँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of आईसीसी टी–२० विश्वकपमा शुक्रबार तीन खेल हुँदै

काठमाडौ । आईसीसी टी–२० विश्वकपअन्तर्गत शुक्रबार तीन समूहका तीन खेल हुँदैछन्।

समूह ‘बी’, ‘डी’ र ‘ए’ का खेलहरू श्रीलंका र भारतका विभिन्न सहरमा आयोजना हुनेछन्। शुक्रबारको पहिलो खेलमा समूह ‘बी’ का अस्ट्रेलिया र जिम्बाबे आमनेसामने हुँदैछन्

दुवै टोलीले पहिलो खेल जितिसकेकाले दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। यो खेल बिहान ११:१५ बजे कोलम्बोमा सुरु हुनेछ।

दोस्रो खेल समूह ‘डी’ अन्तर्गत क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुनेछ। दुवै टोलीले एक–एक खेल खेले पनि अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। जितको दबाबमा हुने यो खेल दिउँसो ३:१५ बजे दिल्लीमा हुनेछ।

शुक्रबारको अन्तिम खेल समूह ‘ए’ मा नेदरल्यान्ड्स र अमेरिकाबीच खेलिनेछ। यो खेल साँझ ७:१५ बजे चेन्नईमा सुरु हुनेछ। नेदरल्यान्ड्सले दुई खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिका अझै जितविहीन छ।

समूह चरण निर्णायक मोडतर्फ बढिरहेका बेला शुक्रबारका यी तीनै खेलले अंक तालिका र ‘सुपर एट’ समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।