अन्तर्राष्ट्रिय प्रभावसँगै नेपाली बजारमा सुन चाँदी सस्तियो

User Image Prime TV News २ हप्ता अगाडि
Image of अन्तर्राष्ट्रिय प्रभावसँगै नेपाली बजारमा सुन चाँदी सस्तियो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन माघ २९ गते सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

एकै दिनमा ३ हजार रुपैयाँको गिरावट आएसँगै सुन बजारमा मूल्य समायोजन गरिएको महासंघले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्य परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। व्यवसायीहरूका अनुसार मूल्य घटेसँगै बजारमा खरिदचाप बढ्ने सम्भावना रहन्छ।