नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ बजे


काठमाडौ । नयाँ मन्त्रीहरूको शपथ आज अपराह्न ३ बजे हुने भएको छ । राष्ट्रपतिका कार्यालयले यस विषयमा जानकारी दिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई नयाँ मन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।
अनिलकुमार सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमि सुधार मन्त्रालय ,महावीर पुनलाई शिक्षा मन्त्रालय, संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालय, मदन परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।
मिश्रालाई मन्त्रीको रुपमा सिफारिस गरिएसंगै विवादित पात्रलाई मन्त्री बनाउन लागिएको भन्दै आलोचना भएपछि अन्तत मिश्राको नाम हटाइएको छ । कोरोनाको समयमा स्वास्थ्य सामग्री खरिद घोटला प्रक्रियामा मिश्राको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।
बाँकी चार जना प्रस्तावित मन्त्रीहरुको भने सपथ हुने बताइएको छ ।