जसपा नेपालले सार्वजनिक गर्यो चुनावी घोषणापत्र: ‘संघर्षसँगै समृद्धि’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जनता समाजवादी पार्टी नेपाल ले प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र शुक्रबार काठमाडौंँमा सार्वजनिक गरेको छ।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले घोषणापत्र सार्वजनिक गरे। पार्टीले आफ्नो घोषणापत्रको मुख्य नारा ‘संघर्षसँगै समृद्धि’ राखेको छ। घोषणापत्रमा भनिएको छ कि जसपा नेपालले चाहेको राज्य मोडल नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न केन्द्रित हुने जनाएको छ ।
घोषणापत्र अनुसार, न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासन सुनिश्चित गरी नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउने पार्टीको लक्ष्य छ। यसमार्फत समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्दै, लोककल्याणकारी राज्य निर्माण, समतामूलक समाज र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने पार्टीको उद्देश्य रहेको छ।
जसपा नेपालले चुनावी घोषणापत्रमार्फत आफ्नो एजेन्डा स्पष्ट गर्दै आगामी निर्वाचनमा समानता, समावेशिता र पारदर्शितामा आधारित नीतिहरू अघि बढाउने प्रतिवद्धता जनाएको छ।












