पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौ फर्किए, समर्थकले उत्साहपूर्ण स्वागत गरे

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौ फर्किए, समर्थकले उत्साहपूर्ण स्वागत गरे

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थकहरूले स्वागत गरे। समर्थकहरूले स्कर्टिङसहित शाहलाई निर्मल निवास पुर्‍याएका र राजसंस्थासमर्थित नाराहरू प्रदर्शन गरेका थिए।

शाहको काठमाडौं आगमनको सूचना पाएपछि प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। यस कदमले नागरिक र यातायातको व्यवस्थापनमा सहजता ल्याउन मद्दत पुगेको बताइएको छ।