राप्रपाको घोषणापत्र भोली सार्वजनिक हुँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of राप्रपाको घोषणापत्र भोली सार्वजनिक हुँदै

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्र शनिबार सार्वजनिक गर्ने तयारीमा छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए अनुसार, शुक्रबार बिहानै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको मुख्य अन्तरवस्तुबारे छलफल भएको थियो।

राप्रपाले तयार पार्ने घोषणापत्र विशेषगरी भ्रष्टाचारको अन्त्य र राजसंस्थाको पुनःस्थापना जस्ता विषयमा केन्द्रित रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। पार्टीले आगामी चुनावी रणनीति तय गर्ने क्रममा यस घोषणापत्रमार्फत आफ्नो नीति र प्राथमिकताहरू सार्वजनिक गर्ने लक्ष्य राखेको छ।