नेपाली कांग्रेसले आइतबार ‘ घोषणापत्र ’ सार्वजनिक गर्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले आइतबार ‘ घोषणापत्र ’ सार्वजनिक गर्ने

काठमाडौ । नेपाली कांग्रेस ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र आइतबार सार्वजनिक गर्ने भएको छ।

पार्टीले यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको जनाएको छ। कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज चालिसे ले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिने जानकारी दिएका छन्।

उनका अनुसार पत्रकार सम्मेलनमार्फत प्रतिज्ञा पत्रका मुख्य प्राथमिकता र चुनावी प्रतिबद्धताबारे विस्तृत जानकारी दिइनेछ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले तयार पारेको उक्त दस्तावेजमा आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको अपेक्षा गरिएको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ।