निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्न निर्देशन प्रधानसेनापतिको निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्न निर्देशन प्रधानसेनापतिको निर्देशन

काठमाडौ। प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेना का बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी र परिवारजनलाई शुभकामना व्यक्त गरेका छन्।

सकलदर्जालाई सम्बोधन गर्दै प्रधान सेनापतिले नेपालको इतिहास, परम्परा र संस्कृतिप्रति सैनिकहरू जानकार र गर्विलो हुनुपर्नेमा जोड दिए। उनले सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहासको अध्ययन–अध्यापन अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएका छन्। इतिहासबाट सिकाइ नलिएसम्म संस्थागत चेतना बलियो नहुने उनको भनाइ थियो।

त्यसैगरी, नेपाली सेनाले विभिन्न क्षेत्रमा निर्वाह गर्दै आएको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै प्रधान सेनापतिले आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। निर्वाचन सुरक्षामा कुनै कमजोरी स्वीकार्य नहुने स्पष्ट सन्देश उनले दिएका छन्।

यसअघि आजै आयोजित विभिन्न कार्यक्रममा प्रधान सेनापतिले कर्तव्यपालनको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको स्मृतिमा वीर स्मारक र सहिद स्मारक मा श्रद्धा सुमन अर्पण गरेका थिए।

छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनलाई सम्मानसमेत गरेका छन्। कार्यक्रममा सैनिक बलिदानको स्मरण गर्दै राज्यले सैनिक परिवारप्रति दीर्घकालीन जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।