सुनको मूल्यमा उल्लेख्य वृद्धि, प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुनको मूल्यमा उल्लेख्य वृद्धि, प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ

काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम गरिएको छ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। यससँगै एकैदिनमा सुनको मूल्यमा उल्लेख्य उछाल आएको देखिएको छ। यस्तै, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ तोकिएको छ, जबकि शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण पछिल्ला दिनहरूमा बहुमूल्य धातुको मूल्यमा निरन्तर परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।