दिपेन्द्र सिंह ऐरीले नेपाललाई टी-२० विश्वकपमा नयाँ उचाइमा पुर्‍याए

User Image Prime TV News २ हप्ता अगाडि
Image of दिपेन्द्र सिंह ऐरीले नेपाललाई टी-२० विश्वकपमा नयाँ उचाइमा पुर्‍याए

काठमाडौ । टी-२० विश्वकप अन्तरगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाली क्रिकेटले इतिहास रचेको छ।

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरी ले ४७ बलमा ५८ रन बनाएर पहिलो नेपाली ब्याटरको रूपमा अर्धशतक प्रहार गरे। उनले ३ चौका र ३ छक्का प्रहार गर्दै नेपालको संकटग्रस्त स्थिति केही हदसम्म सुधार्न सफल भए।

उनको संयमित र आक्रामक ब्याटिङले टीमलाई खेलमा टिकाउन महत्वपूर्ण भूमिका खेलेको देखियो। आठौँ नम्बरमा आएका सम्पाल कामी ले पनि ‘केमियो इनिङ’ खेल्दै नेपाललाई उकास्न योगदान पुर्‍याए।

यस अर्धशतकसहित दिपेन्द्रले नेपाली क्रिकेटमा नयाँ माइलस्टोन बनाएका छन् र युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।