दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

User Image Prime TV News २ हप्ता अगाडि
Image of दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौ । टी–२० विश्वकपमा नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक भिडन्तमा नेपालले १३४ रनको लक्ष्य तय गरेको छ। मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो।

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरी ले ४७ बलमा ५८ रन बनाउँदै अर्धशतक प्रहार गरेका छन्। उनी टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका हुन्। यसअघि सुवास प्याकुरेल ले यो उपलब्धि हासिल गरेका थिए। दीपेन्द्रले ३ चौका र ३ छक्का प्रहार गर्दै नेपालको स्कोर माथि उकास्न महत्वपूर्ण भूमिका खेले।

अठौँ नम्बरमा आएका सम्पाल कामी २६ रनमा अविजित रहे, जसले नेपालको अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक स्कोर कायम राख्न मद्दत गर्यो। अन्य ब्याटरहरू लोकेश बम १३,आसिफ शेख ११, रोहित पौडेल ५, आरिफ शेख २, कुशल भुर्तेल १ र गुलशन झाले ११ रनको योगदान गरेका थिए । 

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर ले चार विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ, र रोस्टन चेज ले एक–एक विकेट लिए। यो खेल दुबै टोलिका लागि निर्णायक मानिन्छ। नेपालले आजको खेल हार्यो भने प्रतियोगिताको सुपर एटबाट बाहिरिन सक्ने छ । जबकि दुई खेल जितिसकेको वेस्ट इन्डिजले जिते नेपाललाई हराएर सुपर एटमा एक खेल अगावै पुग्नेछ।