केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुईचो

User Image Prime TV News २ हप्ता अगाडि
Image of केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुईचो

काठमाडौ । महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुईचो लागेको छ ।

डोलेश्वर महादेव मन्दिरमा आइतबार चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए । 

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको छ । शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू डालेश्वर पुगेका छन् ।

त्यसैगरी, महाशिवरात्रिका अवसरमा सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव लगाएतका शिवालयमा भक्तजनको घुईचो लागेको छ ।