प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ


काठमाडौ । भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सचिन खड्का रहेको र उनी काठमाडौंका निवासी भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा काठमाडौंका अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोडका घटना भएका थिए। यसैबीच, ललितपुरमा पनि भदौ २४ गतेको घटनामा संलग्न १३ जनालाई नियन्त्रणमा लिइएको छ।