पशुपति क्षेत्रमा १३८ जनालाई प्रहरीले लियो नियन्त्रणमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रबाट १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएअनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूले उच्छृङ्खल गतिविधि, धकेला–धकेल, पैकेट मार्ने र गाँजा सेवन गर्ने जस्ता काम गरेका थिए।
पुलिसका अनुसार, महाशिवरात्रिको दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेपछि प्रहरीले विशेष सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था गर्न सफल भयो।
प्रहरीको यो कदमले धार्मिक क्षेत्रको अनुशासन कायम राख्न र भक्तजनको सुरक्षामा ध्यान दिन मद्दत गरेको अधिकारीहरूले बताए। पशुपति क्षेत्रका सुरक्षाकर्मीहरूले घुइँचो व्यवस्थापन, भीड नियन्त्रण र सार्वजनिक शान्ति कायम राख्न व्यापक सुरक्षा योजना लागू गरेका थिए।













