रास्वपाले सार्वजनिक गर्यो नागरिकसँग पाँचबुँदे करारपत्र
Prime TV News २ हप्ता अगाडि काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नागरिकसँग पाँचबुँदे करारपत्र सार्वजनिक गरेका छन्।
उनले आफ्नो फेसबुक मार्फत पत्र साझेदारी गर्दै भने, “चुनावमा वाचा त धेरैले धेरैपटक गरे, तर पूरा नगरेको परिणाम जनताले भोग्नु परेको छ। हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौँ।” करारपत्र पाँच मुख्य बुँदामा केन्द्रित छ ।
सदाचार र असल शासन, मध्यमवर्गीय विस्तार, काम–काम–काम, कनेक्टिभिटी, र प्रवास। रास्वपाले निर्वाचनअघि नागरिकसँग प्रत्यक्ष करार गरेर आफ्ना वाचा जनतासम्म पुर्याउने योजना बनाएको जनाएको छ।














