संशोधन परिमार्जन वा पुनर्लेखन नगरी परिवर्तन सम्भव छैनः जसपा

User Image Prime TV News १ हप्ता अगाडि
Image of संशोधन परिमार्जन वा पुनर्लेखन नगरी परिवर्तन सम्भव छैनः जसपा

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले संविधानमा संशोधन, परिमार्जन वा पुनर्लेखन नगरी क्रान्तिकारी परिवर्तन र रूपान्तरण सम्भव नभएको निष्कर्ष निकालेको छ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधानको शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, संवैधानिक अङ्गहरू, प्रादेशिक संरचना, पहिचान, समावेशिता र सामाजिक न्यायसम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्न संविधानको संशोधन वा पुनर्लेखनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।

नेपालको वर्तमान संविधानप्रति जसपा पार्टीको शुरूदेखि नै गम्भीर असन्तुष्टि रहेको जनाएको छ । 

यस्तै भ्रष्टाचार र भ्रष्टाचारसँग सम्बन्धित घटनाहरूको छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्ने माग गर्दै, जसपाले २३ र २४ गतेका आन्दोलनका क्रममा भएको हिंसा, हत्या, कुटपिट, तोडफोड, लुटपाट र आगजनी जस्ता घटनाहरूको अनुसन्धान गरी दोषीलाई दण्डित गर्नुपर्नेमा जोड दिएको छ ।