सुन चाँदीको मूल्यमा गिरावट, लगानीकर्ता र उपभोक्तालाई राहत

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुन चाँदीको मूल्यमा गिरावट, लगानीकर्ता र उपभोक्तालाई राहत

काठमाडौ । नेपाली बजारमा साताको सुरुवातसँगै सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो। आज चाँदी १० ग्रामको ४ हजार १ सय ६७ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव र विनिमय दरमा आएको परिवर्तनका कारण स्थानीय बजारमा पनि प्रभाव परेको व्यवसायीहरू बताउँछन्।