ओली आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट गर्दै मतदाता फकाउने प्रयासमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of ओली आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट गर्दै मतदाता फकाउने प्रयासमा

झापा । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष मतदाता भेटघाट अभियान सुरु गरेका छन्।

अघिल्ला निर्वाचनमा देशभर चुनावी सभा गर्ने गर्थे, तर अहिले उनी आफ्नै निर्वाचन क्षेत्रका घर–घर पुगेर मतदातासँग संवाद गर्दै असन्तुष्ट मतदातालाई फकाउने प्रयासमा छन्। ओलीले मतदाताबाट उठेका प्रश्न र गुनासो सुनेका छन्।

शिक्षकहरूले आन्दोलन दबाएको र माग पूरा नभएको गुनासो राखेका थिए भने धिमाल र मुस्लिम समुदायले आफ्नो जातीय पहिचान, शिक्षाशिक्षा र नेतृत्व तहमा समानुपातिक सहभागिताका माग राखेका थिए।

अध्यक्ष ओलीले शिक्षक, धिमाल र मुस्लिम समुदायसँग भएको संवादमा समय सान्दर्भिक माग पूरा गर्न तयार रहेको र अझै छलफल गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदातालाई जात, धर्म र सम्प्रदाय माथि उठेर विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।

ओली फागुन ६ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने तालिका अनुसार दमकका विभिन्न वडामा ६ वटा छुट्टाछुटै कार्यक्रममा प्रत्यक्ष संवाद गर्ने जनाइएको छ। उनका समर्थकले यस अभियानलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा निर्णायक पहलका रूपमा हेरेका छन्।