निर्वाचन आयोगद्वारा सेतोपाटी अनलाइनमाथि कारबाहीको सिफारिस

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन आयोगद्वारा सेतोपाटी अनलाइनमाथि कारबाहीको सिफारिस

काठमाडौ । निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’ले प्रकाशित गरेको समाचार निर्वाचन आचारसंहिता, २०८२को विपरीत भएको भन्दै प्रेस काउन्सिलमा कारबाहीका लागि पत्राचार गरेको छ ।

आयोगका अनुसार, चितवन-३ सम्बन्धी ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका समाचारले उम्मेदवारको पक्ष वा विपक्षमा मत परिणामको पूर्वानुमान देखाएको छ।

निर्वाचन आचारसंहिताको दफा ४ (ख) अनुसार मतदान सम्पन्न नभएसम्म उम्मेदवारको मत परिणामको सम्बन्धमा सर्वेक्षण गर्न वा प्रकाशन गर्न निषेध गरिएको छ। साथै, दफा २५ (उपदफा १, ख) अनुसार कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान छ।

आयोगले प्रेस काउन्सिललाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको जनाएको छ।