सुपर खुदी हाइड्रोपावरको दोस्रो चरण आईपीओ सर्वसाधारणका लागि खुल्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुपर खुदी हाइड्रोपावरको दोस्रो चरण आईपीओ सर्वसाधारणका लागि खुल्दै

काठमाडौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले भोलि, फागुन ५ गते देखि आफ्नो दोस्रो चरणको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँड सम्पन्न गरिसकेको थियो। कम्पनीले दोस्रो चरणमा कर्मचारीहरूको लागि छुट्याइएका ३१ हजार कित्ता सेयर बाहेक, १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि उपलब्ध गराउने भएको छ।

प्रत्येक सेयरको अंकित मूल्य रु १०० रहेको छ र कुल मूल्य रु १२ करोड ८६ लाख ५० हजार रहेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया छिटोमा फागुन ११ गते सम्म बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २० गते सम्म खुला रहनेछ।

सेयर निष्काशन र बिक्री व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।