बालेन शाहद्वारा काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल भएको दाबी

User Image Prime TV News २ हप्ता अगाडि
Image of बालेन शाहद्वारा काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल भएको दाबी

काठमाडौ । रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको चलखेल भएको बताएका छन्। झापा ५ का मतदातासँगको संवादमा उनले महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री पदमा हुनु दुवै चुनौतीपूर्ण कार्य भएको बताए।

मतदाताले काठमाडौंको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल हुने गरेको भन्दै “तपाईंको योजना के हो?” भनेर प्रश्न गर्दा शाहले जवाफमा भने, “महानगरमा हुने चलखेलको परिमाण तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न। यो प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।”

शाहले सुकुम्बासी बस्तीमा डोजर नचलाएको र बाढीबाट विस्थापित भएका कारण मात्र केही ठाउँ हटाएको उल्लेख गर्दै, चुनाव जितेपछि झापा ५ का सुकुम्बासीहरूलाई धनीपूर्जा दिलाउने प्रतिबद्धता जाहेर गरे।

शाहको यो दाबीले काठमाडौं महानगरको प्रशासनिक प्रक्रिया र राजनीतिक तयारीमा नयाँ बहस सुरु गरेको छ।