विश्व फुटबलको प्रतिष्ठित बालन डी’अर अवार्ड घोषणा हुँदै


काठमाडौ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालन डी’अरको उत्कृष्ट पुरुष र महिला खेलाडीको घोषणा सोमबार पेरिसस्थित थिएटर डे चाटेलेटमा हुँदैछ । यस अवार्डको लागि अघिल्लो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मानित गरिनेछ।
अवार्डको लागि ३० खेलाडीहरूको मनोनयन पहिलेदेखि नै सार्वजनिक गरिएको छ। मनोनयनमा रहेका खेलाडीहरूको मूल्यांकन सन् २०२४ र २०२५ को सिजनमा उनीहरूले गरेको प्रदर्शनको आधारमा हुनेछ।
फिफाका उत्कृष्ट १ सय राष्ट्रका पत्रकारहरूको भोटिंग प्रणालीको आधारमा ३० खेलाडी मनोनीत गरिएका छन्। प्रत्येक पत्रकारले १० खेलाडीलाई वरीयता दिनेछन्, जसमा पहिलो खेलाडीलाई १५ अंक, दोस्रोलाई १२ अंक, तेस्रोलाई १० अंक र यस्तै क्रमले बाँकी अंकहरू वितरण गरिनेछन्।
फ्रेञ्च फुटबल म्यागेजिनले विश्वभरका उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने अवार्डमा इंग्लिस क्लब लिभरपुलका ७ जना खेलाडी परेका छन्। जसमा भर्जिल भान डाइक, मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिनो, अलेक्डेन्डर अर्नोल्ड, विजनाल्डम र एलिन्सन रहेका छन्।
यस्तै म्यानचेस्टर सिटीका पाँच खेलाडी सूचीमा छन्। जसमा रहिम स्टर्लिङ, रियाद महारेज, केभिन डि ब्रुनी, बेर्नान्डो सिल्भा र सर्जियो अग्युरो छन्। सधैं झैं लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो पनि सूचीमा छन्। यता पिएसजीका नेइमार, म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र टोटनह्यामका ह्यारी केन सूचीमा छैनन्। गत वर्षका विजेता रियल म्याड्रिडका लुका मोड्रिक पनि सूचीमा छैनन्। विजेताको घोषणा आगामी २ डिसेम्बरमा गरिनेछ।
फ्रान्स फुटबल म्यागजिनले १९५६ बाट वार्षिक रुपमा फुटबलको सर्वोत्कृष्ट खेलाडीलाई बालन डी’अर अवार्डबाट सम्मान गर्दै आएको छ। यो अहिले विश्व खेलकुदमा कुनै पनि फुटबलकर्मीले पाउने सबभन्दा प्रतिष्ठित अवार्ड हो।
१९५६ मा स्ट्यान्ली माथ्युजलाई प्रदान गरेर सुरु गएिको यो अवार्डले ६३औं संस्करणसम्मको यात्रा गर्दा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी मिलेर पछिल्लो दश वर्ष एकछत्र वर्चश्व जमाए। रोनाल्डो र मेसीको बर्चश्वलाई गत वर्ष क्रोएसियाका कप्तान लुका मोड्रिचले तोडे। २००८ देखि २०१८ सम्म विश्व फुटबलका स्टार रोनाल्डो र मेसीले १० वर्षमा कीर्तिमानी ५र५ पटक बालन डी’अरमा आफ्नो नाम लेखाए।
सर्वकालिन प्रतिद्वन्दी रोनाल्डो र मेसी यो अवार्डका दाबेदार मानिन्छन्। तर, गतवर्ष रियाल मड्रिडबाट च्याम्पियन्स लिग जित्नुका साथै रुसमा सम्पन्न विश्वकपमा टोलीलाई फाइनलसम्म डोर्याएका मोड्रिचले मेसी र रोनाल्डोको वर्चश्व तोडेका थिए।
बालन डी’अर अवार्ड फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित सम्मानको रुपमा लिइने गरिन्छ ।
मनोनयनमा रहेका चर्चित खेलाडीहरूः
जुड बेलिङघम– रियाल मड्रिड
ओसमान डेम्बेले– पेरिस सेन्ट जर्मन
जियान्लुइजी डोनारुमा– म्यानचेस्टर सिटी
डिजाइरे डुए– पेरिस सेन्ट जर्मन
डेन्जेल डुम्फ्राइज– इन्टर मिलान
सेरहौ गुइरासी– बोरुसिया डोर्टमन्ड
भिक्टोर ग्योकेरेस– स्पोर्टिङ सिपीरआर्सनल
अर्लिङ हाल्यान्ड– म्यान्चेस्टर सिटी
अच्राफ हाकिमी– पेरिस सेन्ट जर्मन
ह्यारी केन– बार्यन म्युनिक
भिचा केभारात्सेलिया– पेरिस सेन्ट जर्मन
रोबर्ट लोवान्डोस्की– बार्सिलोना
अलेक्सिस म्याक एलिस्टर– लिभरपुल
लौटारो मार्टिनेज– इन्टर मिलान
केलियन एम्बापे– रियाल मड्रिड
स्कट म्याकटोमिने– नापोली
नुनो मेन्डिज– पेरिस सेन्ट जर्मन
जोआओ नेभेज– पेरिस सेन्ट मर्जन
माइकल ओलिज– बार्यन म्युनिक
कोल पाल्मेर– चेल्सी
पेड्री– बार्सिलोना
राफिन्हा– बार्सिलोना
डेक्लान राइस– आर्सनल
फ्याबियान रुइज– पेरिस सेन्ट जर्मन
महोम्मद सलाह– लिभरपुल
भर्जिल भ्यान डाइक– लिभरपुल
भिनिसियस जुनियर– रियाल मड्रिड
भितिन्हा– पेरिस सेन्ट जर्मन
फ्लोरियान विर्ज– लिभरकुजेनरलिभरपुल
लामिन यमाल– बार्सिलोना