सोमबार नेप्से परिसूचक घट्यो, रिडी पावर सबैभन्दा बढी कारोबारमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सोमबार शेयर बजारमा नेप्से परिसूचक ८.१६ अंकले घटेर २,६६२.९१ बिन्दुमा पुगेको छ।
आज बजारमा कुल ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर खरिद बिक्री हुँदा करिब रू. ७ अर्ब ९४ करोड बराबरको कारोबार भएको छ। आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ, जसको कारोबार रकम रू. ६५ करोड ३ लाख पुगेको छ।
बजारमा पोजेटिभ सर्किट लाग्ने कम्पनीमा बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स, र सालपा विकास बैंक पर्दछन्। यसमा बुद्धभुमी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्।
त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्ने कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ, जसको सेयर मूल्य ९% भन्दा बढी घटेको छ।













