'कांग्रेस बदलिएको छ र जो बदलिन सक्छ, उसैले देश बदल्न सक्छ' : उपसभापति शर्मा
Prime TV News २ हप्ता अगाडि 
लम्जुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अब देशको शासन, भाषण र आसनमा सुधार ल्याउने बताएका छन्।
सोमबार लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले सत्तामा निरन्तर बस्ने परम्परा भत्काउने र नेतृत्वमा दुई पटकभन्दा बढी रहन नपाउने प्रतिवद्धता व्यक्त गरे । उपसभापति शर्माले चुनावी मैदानमा गाली होइन, प्रेम र स्वस्थ आलोचना मार्फत राजनीतिलाई सुधार्नुपर्ने बताए।
उनले भने, “चुनाव जित्ने नाममा कुनै पनि आश्वासन दिएर समाजमा भोलि निराशा ल्याउने काम भाषण र घोषणापत्रमार्फत गर्नु हुँदैन।” उनले देशको शासन सुधारका लागि आवश्यक सबै योजना तयार गरिएको र जेनजी विद्रोहको भावना अनुरूप सुधार, परिमार्जन र परिवर्तन सम्भव बनाउने कांग्रेसको लक्ष्य रहेको बताए।
उपसभापति शर्माले थपे, “देश जान्दछ कांग्रेस बदलिएको छ र जो बदलिन सक्छ, उसैले देश बदल्न सक्छ।”












