नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति होः रेणु दाहाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति होः रेणु दाहाल

चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ ।  यसैक्रममा नेकपा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।

भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहनुभएकी दाहालले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेण्डासहित मत मागेकी छन् । भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर दाहालले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताएकी छन् । 

कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उनले निकुञ्ज ऐनमा संशोधनगरि नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरिन् । दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन् । 

चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सोविता गौतम पनि चूनावी मैदानमा छिन् । सो क्षेत्रमा यसअघिको निर्वाचनमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए ।